• २० असोज २०८३, मंगलबार
  • १०ः१६ राती

खुल्यो अवरुद्ध कर्णाली करिडोर

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार ०४:५२

५ कार्तिक, २०७८ काठमाडौँ : आइतबारदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कालिकोट खण्डको कर्णाली राजमार्ग खुलेको छ। सरोकारवाला निकायको समन्वयमा सडक मर्मत गरेपछि बन्द रहेको राजमार्ग खुलेको हो।

National Life

कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कालिकोट पिलीमा पहिरोले अवरुद्ध सडक सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय तहको समन्वयमा सडक मर्मत गरिएको जानकारी दिए।


सडकमा खसेका ढुंगा डिलिङ मेसिन प्रयोग गरी फुटाएर पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको उनले बताए। उक्त मेसिन हेलिकोप्टरबाट ढुवानी गरेर पहिरोले अवरुद्ध पारेको सडकमा लगिएको थियो। सडक मर्मतपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया