नेपाली कांग्रेसका नेता रामनाथ अधिकारीको आमाको निधन प्रति प्रधानमन्त्री देउवाद्वारा समवेदना प्रकट
प्रकाशित मिति
२०७८ कार्तिक ३ गते, बुधबार ०४:५६
३ कार्तिक, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाले धादिङका पुर्व सभापति एंव पुर्व सांसद रामनाथ अधिकारीकी माता टिकादेवी अधिकारीको निधन प्रति समवेदना प्रकट गरेका छन् । समवेदना व्यक्त गर्दै उनले उक्त निधनबाट आफू अत्यन्त दुखि भएको बताएका छन् ।
पार्टीको तर्फबाट शोक वक्तव्य निकाल्दै नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ । अधिकारीलाई समवेदना प्रकट गर्नकै लागि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला हिजो धादिङ पुगेका थिए । उनीहरू समवेदना दिन अधिकारीको घर नीलकण्ठ-७ तल्लोबेसी पुगेका हुन् ।
अधिकारीका आमा टिकादेवी अधिकारीको ८२ बर्षको उमेरमा असोज २८ गते निधन भएको थियो । उनको छोरा रामनाथ अधिकारी बुहारी मिना अधिकारी, छोरीहरू तारादेवी कोइराला,बाल कुमारी रिजाल,राधादेवी रिजाल र सीता दुवाडी छन् भने नातिहरू प्रकाश अधिकारी नातिनी बुहारी उषा घिमिरे, पुरूषोतम अधिकारी, नातिनी बुहारी संगिता, विजय अधिकारी , विशाल अधिकारी र उनको एक पनाती प्रयुस अधिकारी रहेका छन् ।







प्रतिकृया