• २० असोज २०८३, मंगलबार
  • १०ः२९ राती

सुदूरपश्चिमका राजमार्गमा दर्जनौं पहिरो, कुन–कुन अवरुद्ध ?

प्रकाशित मिति

२०७८ कार्तिक ३ गते, बुधबार १२:०७

३ कार्तिक, २०७८ काठमाडौँ : विद्युत र सञ्चार सेवा अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात सेवा पनि लगभग ठप्प छ। सात पहाडी जिल्ला जोड्ने भीमदत्तसहित आधा दर्जन मुख्य राजमार्गमा दर्जनौं स्थानमा पहिरो गएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भीमदत्त राजमार्गमा ठाउँठाउँमा पहिरो गएको र सञ्चार सेवा अवरुद्ध हुँदा अपडेट गर्न नपाएको जनाएको छ।

National Life

यता प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लाघारीस्थित सडकमा माथिबाट पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध छ। यस्तै डोटीको जोरायल गाउँपालिका १ मा पहिरो खसेपछि सो क्षेत्रमा पनि भिमदत्त राजमार्ग अवरुद्ध छ। जयपृथ्वी राजमार्ग पनि विभिन्न ठाउँमा अवरुद्ध छ। बझाङको केदारस्यु– १ नारीगौडा खोलामा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बित्थडचिर–२ पैरामा पहिरो जादा पनि राजमर्ग अवरुद्ध छ। यस्तै छबिसपाथिभेरा १ जालिबगर नजिकै जयपृथ्वी राजमार्गको ५० मिटर सडकखण्ड सेती नदीले बगाएको छ।


उता अछामको चौरपाटी–६ दुनी भावर भिरमा पहिरो खस्दा सडक अवरुद्ध छ। अछामकै पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ स्थित बिनायकमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। बाजुराको बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, वडा नम्बर ६ बार्जुगाड, वडा नम्बर ८ रिठाबजार र वडा नम्बर १० दाब बजारमा पहिरो खस्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उता महाकाली नगरपालिका वडा नम्बर ५ किमतडीस्थित गोकुलेश्वर–दार्चुला मुख्य सडक नै महाकाली नदीले बगाएको छ। झण्डै ५० मिटर सडक महाकाली नदीमा बगेको छ। प्रदेश प्रहरी कार्यालयले अन्य स्थानमा पनि सडक अवरुद्ध भएको तर सञ्चार सेवा अवरुद्ध हुँदा सूचना संकलनमा समस्यष भइरहेको जानकारी दिए।

प्रतिकृया