आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ राष्ट्रपति सरिक हुने
प्रकाशित मिति
२०७८ आश्विन २६ गते, मंगलवार ०६:३२
२६ असोज, २०७८ काठमाडौँ : नेपाली सेनाले परम्परागत रूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलवार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मङ्गलवार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनेछिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।
सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकट्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्यान्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ ।त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्च पाससहितको बढाइँ हुनेछ ।
कोभिड-१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।








प्रतिकृया