• २० असोज २०८३, मंगलबार
  • ७ः१९ बेलुका

सानिमा बैंक अब कपिलवस्तुको जितपुर, काठमाडौँको मध्यबानेश्वर र भक्तपुरको बोडेमा पनि

प्रकाशित मिति

२०७८ आश्विन २३ गते, शनिबार ०७:०७

२३ असोज, २०७८ काठमाडौँ : सानिमा बैंक लिमिटेडले असोज २१ गते कपिलवस्तुको जितपुरमा, २२ गते काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। जितपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारू र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले संयुक्त रूपमा गरेका थिए।

National Life

यसैगरी, मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौँ महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रुपमा गरेका थिए। साथै, बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका थिए।


त्यसैगरी, उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बंैकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया