• २१ जेठ २०८३, बिहीबार
  • ८:१८ बिहान

देउवा सरकार बन्न सकेन ‘समावेशी’

प्रकाशित मिति

२०७८ आश्विन २३ गते, शनिबार ०६:४६

२३ असोज, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो ।


देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन । देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस/आर्य समुदायबाट प्रधानमन्त्रीसहित ११ जना मन्त्री रहेका छन् । प्रतिशतको आधारमा हेर्ने हो भने खस ९आर्य समुदायको ४४ प्रतिशत सहभागिता छ । खसरआर्य समुदायबाट ११ जना

Kamana Sewa

महिला ६ जना

Classic Tech Desktop

मधेसी ४ जना

आदिवासी जनजाति ८ जना

दलित १ जना

मुस्लिम छैन

अल्पसंख्यक छैन

यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया