• १९ असोज २०८३, सोमबार
  • ३ः५४ दिउँसो

असन्तुष्टि लिएर बालुवाटार गएका माधव नेपाल पार्टी बैठकमा फर्किए

प्रकाशित मिति

२०७८ आश्विन २१ गते, बिहीबार ०५:५०

२१ असोज, २०७८ काठमाडौँ : आफ्नो पार्टीलाई दिइएको मन्त्रीको संख्या कम भएको असन्तुष्टि लिएर बालुवाटार बैठकमा गएका माधवकुमार नेपाल फर्किएका छन्। पार्टीलाई चारवटा मन्त्री र एक राज्यमन्त्री दिने सहमतिप्रति पार्टीभित्र असन्तुष्टि देखिएको र आकांक्षीहरुको व्यवस्थापन गर्न नसकिएको पार्टी निर्णय बोकेर गठबन्धनको बैठकमा गएका नेपाल आफ्ना कुरा राखेर फर्किएका हुन्।

National Life

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव भने बालुवाटरमै छलफल गरिरहेका छन्। बानेश्वरस्थित एक पार्टी प्यालेसमा चलिरहेको बैठक रोकेर बालुवाटार पुगेका नेता फर्किएपछि पुनः बैठक सुरु भएको केन्द्रीय सदस्य कल्याणी खड्काले जानकरी दिइन्। उनका अनुसार बालुवाटारमा भएको छलफल र सहमितबारे अध्यक्ष नेपालले जानकारी गराउँदै छन्।


समाजवादीले संघीय सरकारमा पाँच मन्त्रीसहित एक राज्यमन्त्री पाउनुपर्ने दाबी सत्ता गठबन्धनको बैठकमा राखेको छ। त्यस्तै बागमती प्रदेश र प्रदेश १ को मुख्यमन्त्री पनि पाउनुपर्ने अडान नेता नेपालले बालुवाटारको बैठकमा राखेको स्रोतले जानकारी दियो। बागमती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिनेबारे गठबन्धनमा करिब कुरा मिले पनि संघीय सरकारमा मन्त्रीको संख्या बढाउने बारे निर्णय भइसकको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि समाजवादीले चार मन्त्रीसहित एक राज्यमन्त्री पाउने सहमति भएको थियो। एकीकृत समाजवादीका नेता विरोध खतिवडाका अनुसार मन्त्रालय बाँडफाँट र मुख्यमन्त्रीको विषयमा समग्रमा कुरा गर्न अध्यक्ष नेपाललाई म्याण्डेट दिएको जानकारी दिए।


गठबन्धनबीच मन्त्रालय बाँडफाटमा कुरा नमिलेपछि बिहीबार मन्त्रीहरुको शपथ ग्रहण नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार गठबन्धनमा आबद्ध दलहरुबीच सहमति भइनसकेकाले मन्त्रिपरिषद विस्तार बिहीबार नहुने भएको हो।


प्रतिकृया