• १९ असोज २०८३, सोमबार
  • ३ः१६ दिउँसो

आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

प्रकाशित मिति

२०७८ आश्विन २२ गते, शुक्रबार ०७:०६

२२ असोज, २०७८ काठमाडौँ : शुक्रबार (आज) मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बिहीबार बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको भानुको भनाइ छ ।

National Life

विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिइन लागिएको उनले बताए । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ ।


माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया