• २० असोज २०८३, मंगलबार
  • ११ः५३ राती

मन्त्री चयनका लागि कांग्रेस नेताहरुको छलफल शुरु

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार ०५:०५

२० असोज, २०७८ काठमाडौँ : पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन् ।

National Life

सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो । जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो । कांग्रेस शीर्ष नेता र पदाधिकारीको बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक गरेको थियो ।

प्रतिकृया