• २१ असोज २०८३, बुधबार
  • १२ः२८ राती

बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैंटौ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार ०४:५३

२० असोज, २०७८ काठमाडौँ : बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैंटौ वार्षिक साधारण सभा आज मिति २०७८/०६/२० गते क्यापिटल मार्केटको संचालक समितिका अध्यक्ष श्री महेश मिश्रज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारण सभाले आ.ब. २०७७/७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम रु. ३ करोड ७८ लाख नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

National Life

साथै, उक्त साधारण सभाले विशेष प्रस्ताव अन्र्तगत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो । उक्त साधारण सभा समारोहमा श्री बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको संचालक समितिका अध्यक्ष श्री मिश्रज्यूले यस क्यापिटल मार्केटको उद्देश्य प्राप्तीका लागी सहयोग पु¥याउनु हुने आदरणीय शेयरधनि महानुभावहरु, ग्राहक महानुभावहरु तथा नेपाल सरकारको सम्बन्धीत निकाय लगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडियस एण्ड क्लियरीङ्ग लिमिटेड प्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।


बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवाहरु दिदै आईरहेको छ र भविष्यमा प्रविधीहरुको उच्चतम् प्रयोग गरी ग्राहकमैत्री सेवाहरु प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया