• १९ असोज २०८३, सोमबार
  • १०ः३७ राती

राष्ट्रिय वाणिज्य बैंकको थप सात शाखा विस्तार

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार १२:०४

१९ असोज, २०७८ काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ्ग सेवा पाउने विश्वास व्यक्त गरे ।

National Life

थप गरिएका नयाँ शाखाहरुमा बाग्मती प्रदेश अन्तर्गत काठामाडौँ जिल्लाको चन्द्रागिरी स्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरा स्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरी स्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको मलविनायक स्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजार स्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढी स्थित शाखा कार्यालय चौतारामा रहेका छन् ।


यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया