• १९ असोज २०८३, सोमबार
  • ११ः२० राती

एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर पल शाह

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार १२:१२

१९ असोज, २०७८ काठमाडौँ : एनएमबि बैंकको ब्राण्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाह नियुक्त भएका छन् । एनएमबि बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।

National Life

एनएमबि बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुंदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेता मध्ये एक हुन । एक प्रेस वक्ततव्य जारी गर्दै बैंकले शाहसंग द्विपक्षीय समझदारी भएको जनाएको छ । शाहसंगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास लिईएको छ ।


एनएमबि बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरेका छन । त्यसै गरी शाहलाई एनएमबि बैंक परिवारमा ब्राण्ड एम्बेसडरको रुपमा अफिसियली स्वागत गर्न पाउँदा बैंक खुशी छु भने ।

Classic Tech Mobile
Classic Tech Desktop

जसरी शाहले अभिनय संगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन त्यसरी नै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको बैंकले दावी गरेको छ । बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिकृया