• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

‘आर्यनलाई ड्रग्स बेच्न जरुरी छैन, उसले पूरा जहाज नै किन्न सक्छ’

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ११:४०

१९ असोज, २०७८ एजेन्सी : शाहरुख खानका छोरा आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को नियन्त्रणमा छन् । मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शीपमा हुने ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनलाई पक्राउ गरेको थियो । आर्यन खानलाई पक्राउ गरेपछि उनलाई घण्टौंसम्म सोधपुछ भयो, त्यसपछि एनसीबीका अधिकारीले उनलाई नियन्त्रणमा लिएका हुन् ।

National Life

आइतबार आर्यन र पक्राउ परेका अन्य दुई अरबाज मर्चेन्च र मुनमुन धमेचालाई अदालतमा पेश गरिएको थियो । अदालतबाट सबैलाई एकदिनको कस्टडीमा राख्न दिइएको थियो । सोमबार पुनः आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई किला कोर्टमा पेश गरियो र तीनैजनालाई ७ अक्टोबरसम्म हिरासतमा राख्न निर्णय सुनाइयो ।


सतिश मानशिन्देको यो बयानः

Classic Tech Mobile
Classic Tech Desktop

आर्यन खान अदालतमा पेश हुँदा एनसीबी र आर्यनका वकिल सतिश मानशिन्देबीच लामो बहस चल्यो । एनसीबीले आर्यन खानमाथि आरोप लगाउँदै उनको फोनबाट आपत्तिजनक चिज र ड्रग्स च्याट भेटिएको बताएको छ । यता स्टार किडका वकिल सतिश मानशिन्देले जवाफमा एक पछि अर्को गर्दै जवाफ पेश गरे ।


आफ्नो पेशीका बेला सतिश मानशिन्देले एनसीबीलाई कडा जवाफ फर्काएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । अदालतका मजिस्ट्रेटले एनसीबीबाट आर्यनलाई कस्टडीमा लिएर प्रश्न सोधेको थियो । यसबारे एनसीबीले भनेको थियो, ‘आर्यन खानलाई हिरासतमा लिन यसकारण लिन आवश्यक छ किनभने उनलाई पार्टीमा किन बोलाइएको थियो र उनी कुन क्याबिनमा बसेका थिए भन्नेबारे हामीलाई पत्ता लगाउनु छ ।’


एनसीबीको यो कुराको जवाफ दिँदै सतिश मानशिन्देले भने, ‘आर्यन खानलाई जहाजमा ड्रग्स बेच्न जरुरी छैन । उनी जहाजमा किन गएका थिए यसमा एनसीबीको कुनै काम छैन । आर्यनले चाहेको खण्डमा पूरा जहाजलाई खरिद गर्न सक्छन् ।’


अदालतमा चल्यो जोडदार बहासः

स्मरण रहोस् पेशीको सुरुवातमा सतिश मानशिन्देले भनेका थिए, ‘यदि आर्यन खानको केस गैर–जमानती हो भने यसका लागि एनसीबीले ठोस् प्रमाण र तथ्य जारी गर्नुपर्ने छ । अरुबाट पाएको ड्रग्सलाई आर्यन खानबाट पाएको भन्न मिल्दैन ।’ ड्रग च्याट पाएको कुरामा सतिश मानशिन्देले जवाफ दिएका थिए, ‘उनीहरुले आर्यन खानमाथि असाध्यै गम्भीर आरोप लगाइरहेको छ । अदालतले च्याट आफैंले हेर्न सक्छ । यस्तो कुनै पनि कुरा यसमा छैन ।’


आर्यन खानले अदालतमा भनेका थिए, ‘म पक्राउ परेपछि एनसीबीका अधिकारीलाई आफैंले अनुसन्धान गर्न दिएको थिएँ । मैले कसैलाई देखेर भाग्ने कोसिस गरिनँ र दुर्व्यवहार पनि गरिनँ । यस्तोमा मलाई हिरासतमा लिइनु हुँदैन ।’ यसमाथि सतिश मानशिन्देले आर्यनलाई साथ दिँदै भनेका थिए, ‘फोनमा मात्रै कुरा गर्नु अपराध होइन ।’

प्रतिकृया