• १९ असोज २०८३, सोमबार
  • ३ः५२ दिउँसो

एमालेको विधान महाधिवेशन सकियो

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ०६:१७

१७ असोज २०७८ काठमाडौँ :  नेकपा एमालेको विधान महाधिवेशन सकिएको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान महाधिवेशन आइतबार सकिएको हो। अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै विधान महाधिवेशन सकिएको हो।

National Life

प्रस्तुत प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो। समूहगत छलफलपछि टोली नेताले आ–आफ्नो समूहको तर्फबाट सुझाव पेश गरेका थिए। सोही सुझावहरु समेटेर विधान महाधिवेशनले पार्टीको संगठनात्मक संरचनाको टुंगो लगाएको छ।


जसअनुसार नेकपा एमालेको पदाधिकारी १५ सदस्यीय हुने भएको छ। अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुने छन्। पदाधिकारीको सचिवालय रहने छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै स्थायी कमिटीमा ४५ सदस्य रहने छ। एमालेको २२५ सदस्यीय केन्द्रीय कमिटी रहने छ। तर पोलिट्ब्युरो भने अब उपरान्त एमालेमा रहने छैन।

प्रतिकृया