• २० असोज २०८३, मंगलबार
  • ७ः०१ बिहान

आइओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ११:४८

१७ असोज, २०७८ काठमाडौँ : नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो । आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

National Life

जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ । हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेलरपेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आइओसीबाट नयाँ मूल्यसूची आएको दुई दिनसम्म निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छैन ।


नयाँ मूल्य सूची आएपछि निगमलाई मासिक प्रतिलिटर पेट्रोलमा १८, डिजेलमा १४ र एलपी ग्याँसमा प्रतिसिलिन्डर १०२२ रुपैयाँ घाटा हुन्छ । जसअनुसार, निगमलाई एक महिनामा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ । यसका साथै, डिजेलमा १ अर्ब ८ करोड रुपैयाँ र पेट्रोलमा ४९ करोड ५६ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पेट्रोल, डिजेल र एलपी ग्याँसमा मासिक ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी घाटा हुने निगमका प्रवक्ता विनित उपाध्यायले रातोपाटीलाई जानकारी दिए । यसअघि, सेप्टेम्बर १६ मा आइओसीले पठाएको मूल्य सूचीअनुसार निगमलाई मासिक २ अर्ब १६ करोड रुपैयाँ घाटा थियो ।

प्रतिकृया