• २० असोज २०८३, मंगलबार
  • ७ः३६ बिहान

आज सुनचाँदीको भाउ बढ्यो

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ११:३०

१७ असोज, २०७८ काठमाडौँ : आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो ।

National Life

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिकृया