• २० असोज २०८३, मंगलबार
  • ८ः१९ बिहान

मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ११:०३

१७ असोज, २०७८ काठमाडौँ : सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । मन्त्रालयको भागबण्डा टुंग्याउन विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छ । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै सरकार बनेको ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

National Life

करिब तीन महिनासम्म ६ मन्त्री बनाएका प्रधानमन्त्री देउवाले १८ मन्त्रीको भारी आफैँले बोकेका छन् । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वका कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सहभागी छन् ।


खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गरिरहेको बुझिएको छ । गत आइतबार गठबन्धनका शीर्ष नेताको बैठकपछि आज मात्र गठबन्धन कार्यदलको बैठक बसेको हो । योबीचमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बिरामी भएकाले शीर्ष नेताहरुको बैठक बस्न नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि अझै मन्त्रालयको भागबण्डा मिलेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यदलबाटै एउटा सहमति जुटाएर शीर्ष नेता बसेर मन्त्रिपरिषद विस्तार गरिने जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।यादवका अनुसार मन्त्रालयको भागबण्डा कार्यदलकै तहका टुंग्याउने गरी छलफल अगाडि बढिरहेको छ । कार्यदलले मन्त्रालयको भागबण्डा टुंगिएपछि शीर्ष नेताहरुको बैठक बस्ने उनको भनाइ छ ।


संख्यागतरुपमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर यतिबेला काँग्रेसले आठ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । जसपालाई ५ मन्त्रालय मात्र दिएर प्रधानमन्त्री देउवाले आठ मन्त्रालय राख्न खोजेपछि विवाद देखिएको जसपा स्रोतले बतायो ।

प्रतिकृया