• २० असोज २०८३, मंगलबार
  • ११ः३५ राती

कामना सेवा बैंकमा युनिफोकल रिडिङ ग्लास

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार १०:३९

१६ असोज, २०७८ काठमाडौँ : कामना सेवा विकास बैंकले युनिफोकल रिडिङ ग्लास जडान सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा उक्त ग्लास जडान गरी सञ्चालनमा ल्याएको हो ।

National Life

विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौं’ भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज पुर्‍याउने उद्देश्यले उक्त ग्लास सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त ग्लासले नजिक तथा टाढा देख्न नसक्ने ग्राहकहरुलाई दृष्टिमा सहज हुने विश्वास गरिएको छ ।


बैंकले यस खालको सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था भएको दावी गरेको छ। उक्त सेवाको एक कार्यक्रमबीच बैंकका अध्यक्ष सुदीप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोख्रेलले संयुक्त रुपमा शुभारम्भ गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले यसअघि दृष्टि अपांगता भएका व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ कारोबार गर्न सहयोग पुग्ने गरी ब्रेललिपि प्रयोग गरी बचत खाता सञ्चालनमा ल्याइसकेको छ।

प्रतिकृया