• 3:46 pm

‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार १०:२६

१६ असोज, २०७८ काठमाडौँ : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र धनगढीमा ’युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुबीच बिमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले कम्पनीले गरेको कार्यक्रममा विराटनगरमा ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए ।


कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उपक्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी युवाहरुलाई प्रशिक्षण दिएका थिए। कार्यक्रमपछि एजेन्सी मेनेजर खडकनारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरिएको कम्पनीले जनाएको छ।

प्रतिकृया