• २० असोज २०८३, मंगलबार
  • ९ः२४ राती

एमाले विधान महाधिवेशन ओलीको कुम्भमेला हो–बाबुराम भट्टराई

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ०९:४८

१६ असोज, २०७८काठमाडौँ :  नेकपा एमालेको विधान महाधिवेशनलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओलीको कुम्भमेला’ भनेका छन्। उनले यसलाई निभ्ने बेलाको चमकका रुपमा चित्रित गरेका छन्।

National Life

डा. भट्टराईले ट्वीटरमा गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनको क्रममा सहभागीले उचालेको ओलीको तस्बिर पोस्ट गर्दै व्यंग्य गरेका हुन्।


भट्टराईले लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो। चेतना भया’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया