• २० असोज २०८३, मंगलबार
  • ८ः०६ राती

एमालेको विधान महाधिवेशन, पाँच हजार प्रतिनिधि सहभागी हुँदै

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०७:०८

१५ असोज, २०७८ काठमाडौँ : नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरू गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो।

National Life

एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने बताएको छ। महाधिवेशनमा देशैभरबाट गरी करिब पाँच हजार प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ।विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ।


हालै बसेको केन्द्रीय कमिटी बैठकले यी तीनवटा प्रतिवेदन विधान महाधिवेशनमा पेश गर्ने गरी पारित गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया