• २१ असोज २०८३, बुधबार
  • १२ः२८ राती

थप १०७८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०६:०१

१४ असोज, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा २६७, भक्तपुरमा ३७ र ललितपुरमा ६५ जना संक्रमित थपिएका हुन्।

National Life

यस्तै, गत २४ घण्टामा देशभर कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित छन्।

प्रतिकृया