सनराइज बैंकको ‘पे रोल लोनु सुविधा
प्रकाशित मिति
२०७८ आश्विन १४ गते, बिहीबार ०६:१०
१४ असोज, २०७८ काठमाडौँ : सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज ‘पे रोल लोनु योजना ल्याएको छ । यस योजना अन्तर्गत सनराइज बैंकमा सनराइज ‘पे रोल सेभिङ अकाउन्टु भएका कुनै पनि ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको (ओभरड्राफ्ट) र १० लाख सम्मको टर्म लोन गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने बैंकले जनाएको छ । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ ।
साथै सन्राइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिकृया