• २१ असोज २०८३, बुधबार
  • २ः०१ राती

बैंक अफ काठमाण्डूका कार्ड बाहक ग्राहकलाई स्मार्ट दशैं अफर, २०% सम्मको नगद फिर्ता

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०५:५५

१४ असोज, २०७८ काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकलाई स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २०% सम्म नगदफिर्ता अफर ल्याएको छ। नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट संचालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्म नगदफिर्ता पाउनु का साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

National Life

बैंकको कार्डबाहकले यस अफरबाट आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्दा २०% वा अधिकतम रु.१ हजार ५ सय सम्म नगदफिर्ता पाउनेछन । बैंकले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया