• २१ असोज २०८३, बुधबार
  • ४ः२७ बिहान

अबैध लागू औषध कोकिन सहित बिभिन्न स्थान बाट ९ जना पक्राउ-१ के.जि ५१२ ग्राम कोकिन सहित नगद बरामद

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०४:४३

१४ असोज, २०७८ काठमाडौँ : लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरवाट खटिएको प्रहरी टोलीले १ के.जि ५१२ ग्राम  कोकिन सहित  पक्राउ गरेको जनाएको छ। गत साउन ४ गते काठमाडौं का.म.न.पा. वडा न. १६ पकनाजोल स्थित होटलमा अबैध लागू औषध कोकिनको कारोवार भईरहेको अबस्थामा संलग्न ४ जना ब्यक्तिहरुलाई अवैध लागू औषध कोकिन ५०० ग्राम बरामद गरेको थियो, निजहरूको डेरा कोठा खानतलासी गर्दा का.जि.का.न.पा. वडा न. १६ मा रहेको मन गुरूङ को डेरा कोठाबाट सुन जस्तो देखिने पहेलो धातु २ थान जम्मा तौल २ किलो ४०० ग्राम सहित पक्राउ गरी कानुन बमोजिम म्याद थप गरी अनुसन्धान गर्ने कार्य जारी रहेको थियो ।

National Life

सोही क्रममा पक्राउ परेका ब्यक्तिहरुसँगको सोधपुछ पश्चात प्राप्त सूचनाका आधारमा  सन्चालन गरिएको निग्रानि तथा कारवाहीका क्रममा उक्त लागू औषधको कारोबारमा संलग्न अन्य ब्याक्ती पक्राउ परेका हुन। पक्राउ पर्नेमा गत साउन १० गते चितवन भरतपूर महानगरपालिका -७ प्रेमबस्तीबाट जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा. ५ लाकुरीबोट घर भई हाल जिल्ला काठमाण्डौ का.म.नपा.-३ रानीबारी बस्ने सुरोज गुरुङ रहेका छन्। निजसँगको सोधपुछ गर्दा काठमाण्डौ तारकेश्वर  गैरीगाउँबाट अबैध लागू औषध कोकिन ६८३ ग्राम, नगद रू. ३५७५  र डिजिटल तराजु थान १ बरामद भएको प्रहरीले जानाएको छ।


त्यस्तै  १० गते नै काठमाण्डौं रानिबारीबाट बर्ष ४३ की अन्जु थापा मगरलाई कोकिन ३२९ ग्राम र नगद ७,५०,०००।– सहित पक्राउ गर्यो । सोहि दिन काठमाण्डौं रानिबारीबाट बर्ष३९ कि मुना तामाङ गुरुङ पक्राउ । काठमाण्डौं रानिबारीबाट बर्ष२८ को रक्की आलेमगर पक्राउ परे । ११ गते जिल्ला काठमाण्डौं रानिबारीबाट रानिबारी बस्ने बर्ष २३ कि रायल थापा मगर पक्राउ परिन । ११ गते काठमाण्डौं जालपा चोकबाट भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका बर्ष ३९ को सन्दिप पटेल डिजिटल तराजु थान १ सहित पक्राउ परेका हुन । जिल्ला काठमाण्डौं २६ गल्कोपाखाबाट जिल्ला धादिङ्, निलकन्ठ बस्ने बर्ष २७ को मिराज ढकाल पक्राउ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै १३ गते जिल्ला काठमाण्डौं २३ झोंछे बाट बर्ष ४९ को सुदन शाक्य पक्राउ परे । निजको साथ बाट नगद रू। ३५००० प्रहरीले बरामद गर्यो । १४ गते जिल्ला काठमाण्डौं ३२ कोटेश्वरबाट जिल्ला धादिंङ निलकन्ठबाट मनछन्त्र धमला पक्राउ परेका हुन।

प्रतिकृया