• २० असोज २०८३, मंगलबार
  • ६ः०९ बेलुका

स्व. जानकी प्रसादको १९औं स्मृती दिवसमा नेपाली काँग्रेस चाँगुनारायण नगर समितिद्धारा स्मृती कार्यक्रम

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०५:३३


१३ असोज २०७८ भक्तपुर :
प्रजातान्त्रिक सेनानी स्व. जानकी प्रसाद कूइकेलको १९ औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस चाँगुनारायण नगरसमितिले स्मृती सभा एवं माल्र्यापण कार्यक्रम आयोजना गरेकोछ । नेपाली काँग्रेस चाँगुनारायण नगर समितीको आयोजनामा नेपाली काँग्रेस भक्तपुरको पार्टी कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस चाँगुनारायण नगर समितिका सभापति श्री शिबहरी के.सीले गर्नुभएको थियो ।

National Life

नेपाली काँग्रेस भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृती सभामा अतिथीको रुपमा भक्तपुर जिल्लाका पूर्व सभापति महेश श्रेष्ठ, वर्तमान कार्य समितिका उपसभापति हरी नेपाल, सचिव निशान ढुंगेल, कोषाध्यक्ष विजेश अवाल, सह सचिव किरण न्यौपाने, क्षेत्रिय सभापतिहरु क्रमशः जिबन खत्री तथा नारायाण भक्त खयमली, नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता माननीय कृष्णलाल भँडेल, ने.का क्षेत्र नं १ का प्रतिनिधि सभाका प्रत्यासी एवं कानुन आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी लगाएतको उपस्थिती थियो ।


नगर सभापति शिवहरी के.सीले उपस्थित सबैलाई स्वागत गर्नुहुदै नेपाली काँग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरु सबै एकतावद्ध भई जनता र राष्ट्रलाई सर्बोपरी ठानेर अगाडी बढ्ने प्रण गर्न सकेमा स्व. जानकी प्रसाद कूँइकेल प्रति सच्चा श्रद्धा सुमन अर्पण हुने कुरा बताउनुभयो । स्व. जानकी प्रसाद कूँइकेलका सहपाठी नेपाली काँग्रेस भक्तपुरका नेता माथवरसिंह बस्नेतले नेपालका प्रजातान्त्रिक योद्धा स्व. जानकी प्रसाद कूँइकेलेलाई अहिलेका पुस्ताले बिर्सिएमा भोली हाम्रो पुस्तालाई पनि कसैले नसम्झने बताउनुभयो । उहाँले भक्तपुरमा काँग्रेसको संगठन विकासमा स्व.कूँइकेलले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं नेपाली काँग्रेस भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तथा नगर कार्य समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा सबैलाई हार्दिक धन्यादज्ञापन ब्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले अधिवेशनका समयमा गुटगत वा समुहगत रुपमा छलफल तथा भेला हुनु स्वभाविक भएको बताउनुहुदै प्रदेश, क्षेत्र एवं जिल्लामा सबल नेतृत्व चयनमा सबै क्षेत्रिय प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । स्व. जानकी प्रसाद कूँइकेलको पदमार्गमा हिड्न सकेमा भक्तपुर काँग्रेसले नयाँ उचाइ हासिल गर्न सक्ने भएकोले पार्टीका बिभिन्न तह तथा तप्कामा रहेका जिम्मेवार साथीहरुलाई आफ्नो जिम्मेवारी र कर्तब्य अनुसार कार्यगर्न आजको दिनमा अझ प्रेरणा मिल्ने बताउनुभयो ।
कार्यक्रममा स्व. कूँइकेलकी धर्मपत्नी देवकी कुँइकेललाई नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णलाल भँडेलको सक्रियतामा पार्टिका बिभिन्न तह र तप्कामा रहेका नेता तथा कार्यकर्ताहरुबाट संकलित पचासी हजार रुपैया प्रमुख अतिथी दुर्लभ थापा र माननीय कृष्णलाल भँडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।


कार्यक्रममा उपस्थित सबै महानुभावहरुले स्व. जानकी प्रसाद कूँइकेलको तस्वीरमा पुष्प गुच्छा चढाई श्रद्धा सुमन ब्यक्त गर्नुभएको थियो । जिल्ला भित्रका चारवटै प्रदेशका सभापति, नगर सभापति एवं महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, वडा सभापतिहरु,नेपाल तरुण दल, महिला संघका अध्यक्ष तथा पदाधिकारी, क्रियाशिल सदस्यहरुगरी १५० जनाको उपस्थिती रहेको उक्त स्मृती सभा एवं माल्र्यापण कार्यक्रम चाँगुनारायण नगर समितिका सचिव दिनेश थापाले संचालन गर्नुभएको थियो ।

प्रतिकृया