• २ असोज २०८३, शुक्रबार
  • ७ः२९ बिहान

करण जोहरको पहिलो हरर फिल्म निर्माणको घोषणा

प्रकाशित मिति

२०७६ असार ७ गते, शनिबार ०७:४६

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले आफ्नो हरर फिल्म भूत : भाग १ ( द हन्टेड शिप) को निर्माणको घोषणा गरेका छन् । यो करणको जीवनको पहिलो हरर फिल्म हो । यसमा अभिनेता विक्की कौशललाई मुख्य भूमिकामा अनुबन्धित गरिएको छ ।

National Life

सामाजिक संजाल मार्फत फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै ‘भूत :भाग १ ( द हन्टेड शिप_ को पहिलो फ्रेन्चाइजमा प्रतिभावान विक्की कौशलको मुख्य अभिनय रहेको कुरा शेयर गर्दै फिल्मको बारेमा हल्का जानकारी दिएका छन् ।

सार्वजनिक गरिएको पोस्टरमा विक्कीलाई निकै डरलाग्दो रुपमा देखाइएको छ । फिल्ममा विक्कीलाई अभिनेत्री भुमि पेद्नेकरले साथ दिने भएकी छिन् । यस फिल्मलाई करणले निर्माण र भानु प्रताप सिंहले निर्देशन गर्ने भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई सन् २०१९ को नोभेम्बर १५ तारिखमा रिलिज गर्ने करणले बताएका छन् । उनले फिल्मका कलाकार तथा कथाबस्तु बारे अन्य केहि पनि जानकारी दिएका छैनन् ।

सन् २००३ को राम गोपाल बर्माको फिल्म ‘भूत’बाट प्रभावित भएर करणले यस फिल्मको निर्माण गर्न लागेको बताएका छन् ।

प्रतिकृया