• ४ साउन २०८३, सोमबार
  • १:२० बिहान

११५८ मा सक्रमण पुष्टि, १२ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०४:४०

१२ असोज, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ११५८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९०४ पीसीआर परीक्षणबाट र २५४ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ११ हजार ६७२ नमुनाको पीसीआर परीक्षण र २ हजार ३३१ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


जम्मा परीक्षण १४ हजार ३ गरिएको छ । १३१८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १८ हजार ४२२ छ ।स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९३ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Kamana Sewa

एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९१ हजार १०८ पुगेको छ । हालसम्म ७ लाख ६३ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ११५ पुगेको छ ।

Classic Tech Desktop

प्रतिकृया