परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
प्रकाशित मिति
२०७८ आश्विन १२ गते, मंगलवार ०४:१९
१२ असोज, २०७८ काठमाडौँ : परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ ।अधिवक्ता विशाल न्यौपानेले कुनै कानूनी व्यवस्थाबिनै सपथ गराइएको जिकिर गर्दै सपथ बदरको माग गरेका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको उनले जानकारी दिए । कानून नबनाइ सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्नरनगराउन रिटमा अन्तरिम आदेश मागिएको छ ।
नेपालको संविधानको सपथसम्बन्धी व्यवस्था धारा ८० को कार्यान्वयनका लागि ‘सपथसमबन्धी अध्यादेश २०७८’ जारी भई २०७८ जेठ ६ गते प्रमाणित भई सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथसम्बन्धी कानून लागु भएकोमा संसद् अधिवेशन प्रारम्भ भएपश्चात सदनमा उक्त अध्यादेश पेस भए पनि पारित हुन नसकेको हुनाले उक्त अध्यादेश संविधानको धारा १४४ (२) (ग) अनुसार स्वतस् निष्क्रिय भएको अवस्थामा कानूनको अभावमा सपथ लिनु कानुनी राज्यको प्रतिकूल हुने रिटमा दावी गरिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी भदौ ६ मा पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।





प्रतिकृया