“काभ्रे फेस्ट सिजन २” सम्पन्न, सुजाता तिमल्सिना र प्रेरणा तामांङले उचाले उपाधी
प्रकाशित मिति
२०७८ आश्विन ११ गते, सोमबार ०२:३९
११ असाेज, २०७८ काभ्रे : बागमती प्रदेश काव्रे को बनेपा सहर मा एल एंड एन मोडेल एजेंसी ले “काभ्रे फेस्ट सिजन २” सम्पन्न गरेका छन्। कार्यकम असोज ९ गते पनौती नगरपालिका का नगर प्रमुख भिम न्योपानेको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो। काभ्रे फेस्ट सिजन २” को उपाधि मिस सुजाता तिमल्सिना र प्रेरणा तामांग ले हासिल गरेका छन् भने आचल अधिकारी प्रथम,सेलिना श्रेष्ठ दोस्रो र अनुभव श्रेष्ठ तेस्रो भएका छन् सथौ अन्य सबैले विभिन्न विधामा उपाधि हासिल गरेका छन्।

कार्यक्रममा समाज सेवी ,युवा राजनीतिज्ञ का साथै ब्यबसायी रत्न कुश रंजितकार ,सौन्दर्य कलाकर्मी रुश्का बैद्य ,तुलिप होम का संचालक मायाँक राज्गदिया , राष्ट्रिय मोडलिङ् संघ का अध्यक्ष दिनेश शाही ,गायक सुनिल कटुवाल ,गायिका श्रद्धा प्रसाई ,गायिका प्रशना पाण्डे ,प्रकाश बोलखे का साथै धेरै उचच श्रेणीका ब्यक्तिक्वो उपस्थिति रहेको थियो।

काभ्रे फेस्ट,युवा (युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो,जहा बिबाहित -अबिबाहित ,महिला /पुरुष दुवैले गरि अन्तिम मा १६ जना ले र्याम्प वाल्क गरेका थिए। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरण स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम को उद्घोषण अनुष्का नेपालले गरेकी थिईन भने कार्यक्रममा कोरियोग्राफि संगीता श्रेष्ठ ले गरेकी थिइन।






प्रतिकृया