• २९ भदौ २०८३, सोमबार
  • १२ः२२ राती

ईपीएलः विराटनगर र काठमाडौँको खेल अझै अनिश्चित

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ११:४४

११ असोज, २०७८ काठमाडौँ : आइतबारको भारी वर्षाका कारण एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार बिहान ९ बजे तय भएको विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स-११ बीचको खेल अझै सुरू हुन सकेको छैन । शनिबारदेखि सुरू भएको ईपीएलको चौथो संस्करणको दोस्रो दिन आइतबार दिउँसो परेको पानीले पोखरा राइनोजर भैरहवा ग्लाडिएटर्सबीचको खेल स्थगित भएको थियो । स्थगित भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका थिए ।

National Life

आइतबारको भारी वर्षाका कारण मैदान चिसो भएकाले आज बिहान तय भएको खेलका लागि ११ः ४० मा ग्राउन्ड इन्स्पेक्सन हुने र यसको टुङ्गो लाग्ने टेक्निकल कमिटीले बताएको छ । सन्दीप लामिछानेको कप्तानीमा भएको काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्समाथि ७ विकेटको शानदार जित निकालेको थियो । यस्तै आइतबार भएको खेलमा विराटनगर चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो ।


काठमाडौँमा अुनबन्धित पाकिस्तानी पूर्वकप्तान शाहिद अफ्रिदीको यो सिजनको अन्तिम खेल आज भएकाले त्रिवि मैदानमा पुगेका दर्शक अलमलमा परेका छन् । अफ्रिदीले काठमाडौँ आएलगत्तै दुई खेलपछि आफू स्वदेश फर्किने बताएका थिए । सोही अनुरुप पहिलो खेलमा काठमाडौँबाट मैदानमा उत्रिएका अफ्रिदीले ब्याटिङमा पालो नआए पनि आफ्नो कोटाको पूरा चार ओभर बलिङ गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

३२ रन खर्चेर विकेट लिन असफल रहे पनि एउटा क्याच गरेका थिए । काठमाडौँ र विराटनगरबीच अहिले हुने तय भएको खेल १२ः २० सम्म सुरु नभए स्थगित हुनेछ र दुवै टोलीले अंक बाँड्ने छन् ।

प्रतिकृया