• २१ असोज २०८३, बुधबार
  • ७ः१२ बिहान

गैंडाको खाग तस्कर १, अवैध लागूऔषध कारोवारी ४, पार्सल पठाइ दिन्छु भन्दै ठगी गर्ने एक पादरी पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०४:०६

८ असोज, २०७८ काठमाडौँ :  काठमाडौं महानगरपालिका-८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । उक्त वस्तु सहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाईएको व्यूरोले जनाएको छ ।

National Life

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ किलो ७ सय ग्राम अवैधलागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३९ वर्षीय मिलन कुमार अधिकारीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । कैलाली टिकापुरबाट काठमाडौंतर्फ आउदै गरेको सुदूर पश्चिम प्रदेश ०१-००१ ख २१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनले लुकाई ल्याएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैंसेबाट २ किलो १ सय ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित मकवानपुर कैलाश गाउँपालिका-२ बस्ने २१ वर्षीय राजन मुक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा झोला बोकी शंकास्पद रुपमा हिँडिरहेका उनलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा झोलामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली बस्ने ३३ वर्षीया निशा वली र उनकै आमा ६० वर्षीया तुलसी रिमाललाई ३ सय १० मिलिग्राम ब्राउनसुगर सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ एरीचोक हिमाल होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पार्सल पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्‍वाट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी गरको अभियोगमा भारत दार्जिङ सिलगुढी पानीघट्ट बजार घर भएका ३३ वर्षीय सन्दिप क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यानसी माइकलको नामबाट महिला प्रयोगकर्ताहरुलाई फ्रेन्ड रिकोएस्ट पठाई प्रेम समेत गर्ने बताएर बिभिन्न प्रकारका उपहारहरु पार्सल पठाएको भनी बताएको र बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई बिश्वासमा पारी उक्त नगद ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको हो । अनुसन्धानको क्रममा संन्दिप प्रेन्टि क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी रहेको र चर्चको बिभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी बिश्वासमा पारी खाता खोल्न लगाई आफूले ठगी गरेको रकम निज महिलाहरुको खातामा जम्मा गरी महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया