• २१ असोज २०८३, बुधबार
  • ९ः३९ बिहान

बागलुङको ओडारमा भेटियो २५ थान भरुवा बन्दुक

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ११:२६

८ असोज, २०७८ काठमाडौँ : बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको बागलुङका एसपी कृष्ण पल्ली मगरले बताए ।

National Life

तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको छ ।


बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्ण पल्लीमगरले बताए । उनले भने– ‘त्यो कुनै सशस्त्र समूहको बन्दुक होइन्, गाउँलेहरुले लुकाएर राखेको बुझिएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया