• २१ असोज २०८३, बुधबार
  • ९ः३१ बिहान

अनलाइनमार्फत ठगेको आरोपमा ‘पास्टर’ पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ११:३६

८ असोज, २०७८ काठमाडौँ : अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले झापाको काँकडभिट्टाबाट एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगुढी घर भएका क्रिश्चियन धर्मगुरु सन्दीप क्षेत्री छन् । झापा प्रहरीसँगको समन्वयमा क्षेत्रीलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

National Life

फेसबुक र ह्वाट्सएपमार्फत विदेशीको हुलियामा च्याट गरेर क्षेत्रीले ५ लाख रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । संखुवासभा घर भएकी एक महिलालाई क्षेत्रीले ‘युकेबाट पार्सल पठाएको छु, रिसिभ गर्नु’ भनेर काठमाडौँमा जान आग्रह गरे ।


काठमाडौँ आएपछि भन्सार तिर्न पाँच लाख लाग्छ भनेर उनले पोखरा र काँकडभिट्टाका दुईजना महिलाको खातामा पैसा हाल्न लगाएका थिए । पार्सलमा ‘विदेशी पैसा पनि रहेछ’ भनेर थप पैसा मागेपछि ती महिला प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया