• २१ असोज २०८३, बुधबार
  • ३ः०८ दिउँसो

स्पेनका विश्वकप विजेता टोरेसले फुटबलबाट लिए सन्यास

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०१:२८

स्पेनका विश्वकप विजेता खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् ।

National Life

३५ वर्षीय टोरेसले १८ वर्षे अन्तर्रा्ष्ट्रिय फुटबल करियरलाई अन्त्य गर्दै शुक्रबार सन्यास लिने निर्णय गरेका हुन्। टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबमा फुटबलको १८ वर्ष बिताए । अहिले उनी जापानको लिगमा सागन टोसु क्लबबाट खेलिरहेका थिए ।
‘१८ वर्षको रमाइलो समयपछि अब फुटबलबाट टाढिने बेला आएको छ’ उनले ट्वीट गर्दै भनेका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर सबै कुरा बताउने उल्लेख जनाएका छन् ।

स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए । उनले स्पेनको राष्ट्रिय टिमबाट एक सय १० खेल खेलका छन् भने स्पेनका लागि ३८ गोल गरेका छन् । स्पेनलाई सन् २००८ को युरो कपको उपाधि जिताउने क्रममा उनले फाइनलमा विजयी गोल गरेका थिए। यस्तै २०१० को विश्वकप र २०१२ को युरो कप स्पेनले जित्दा पनि टोरेस मुख्य खेलाडीका रुपमा रहेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

टोरेसले सामाजिक सञ्जालबाट सन्यासको घोषणा गर्दै१८ वर्षको करियरलाई विश्राम दिने बेला आएको उल्लेख गरेका छन्। दुई दिनपछि आइतबार जापानको टोकियोमा पत्रकार सम्मलेन गरेर टोरेसले सम्पुर्ण विवरण सार्वजनिक गर्ने जनाएका छन्।

प्रतिकृया