महिला विश्वकप : अमेरीकाको उत्कृष्ट प्रदर्शन
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार १०:००
स्विडेनलाई हराउँदै अमेरीका फिफा महिला विश्वकप फुटबलको समुह एफ बाट विजेताका रुपमा अन्तिम नकआउट चरणमा पुगेको छ । यस्तै स्विडेन उपविजेता तथा चिली उत्कृष्ट तेस्रो टिमका रुपमा अन्तिम १६ मा स्थान बनायो ।

समुहको अन्तिम खेलमा अमेरीकाले स्विडेनलाई दुई शुन्यले हरायो । प्रतियोगितामा कुल १८ गोल गरेको अमेरीकाले समुहको अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । खेलको तेस्रो मिनेटमा नै लिन्ड्से होरानले गोल गर्दै अमेरीकालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले अगाडी रहेको अमेरीकाले ५० औं मिनेटमा उपहार गोल मार्फत अग्रता दुई शुन्यमा पुर्यायो । स्विडेनकी एन्डोरसनले आत्मघाती गोल गर्न पुगिन । त्यसपछि स्विडेन खेलमा फर्कन सकेन र पराजित भयो ।
अन्तिम १६ मा उसले स्पेनसँग खेल्नेछ । यता स्विडेनले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
गएराति नै भएको अर्को खेलमा चिलीले थाइल्याण्डलाई दुई शुन्यले हराएपनि नकआउट चरणमा स्थानउन सकेन । उसका लागि उरुटियाले एक गोल गरिन भने एक गोल उपहार पाइन ।




प्रतिकृया