• ३१ भदौ २०८३, बुधबार
  • १०ः२६ राती

सिद्धिदास स्कुलमा प्रहरी साझेदारी कार्यक्रम

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ०४:३२

भक्तपुर सूर्यविनायक नगरपालिका पाण्डुबजारस्थित सिद्धिदास सेकेण्डरी स्कुलमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी साझेदारी कार्यक्रम गरियो ।

National Life

प्रहरी विद्यालय सम्पर्क समितिको आयोजनामा “आधारभुत सुरक्षा” विषयक प्रशिक्षण रहेको थियो । विद्यालयको प्राथमिक तह अन्तर्गत कक्षा १ देखि कक्षा ४ सम्मका ६५ जना विद्यार्थीहरुलाई सहभागि गराइएको थियो । त्यसैगरि प्राथमिक तहका ६ जना शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रहरी नायव निरीक्षक रत्न बहादुर थापाले प्रशिक्षण दिनुभएको थियो । विद्यार्थीहरुको व्यक्तिगत सुरक्षा र विद्यार्थीहरुले जान्नुपर्ने सुरक्षा सम्बन्धि विद्यार्थीहरुलाई निरिक्षक थापाले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा न्यानो हात र भरपर्दो हातको चिन्हबाट कसलाई विश्वास गर्ने भनेर विद्यार्थीहरुले आ आफ्नो हातको चित्र बनाएका थिए । सवारी साधनमा चढ्दा अपनाउनु पर्ने सुरक्षाको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउदै विविध चेतनामुलक भिडियो पनि देखाइएको थियो । कार्यक्रममा प्रहरी हवल्दार कृष्णमान सुवाल, प्रहरी जवान अमृता राजभण्डारीको उपस्थिति रहेको थियो ।विद्यालयका प्रिन्सिपल लोकेन्द्र अर्यालले समय समयमा यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आएको र आगामी दिनहरुमा पनि गर्दै जाने जानकारी दिनुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

(फोटो फिचर)

 

 

प्रतिकृया