• १५ असोज २०८३, बिहीबार
  • २ः३४ राती

कोरोनाको असर : चन्द्रागिरी हिल्स २५ करोड घाटामा

प्रकाशित मिति

२०७८ श्रावण २५ गते, सोमबार ११:०२

२५ साउन, २०७८ काठमाडौँ : कोरोनाको कारण लामो समय बन्द रहेको चन्द्रागिरी हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ ।

National Life

अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरी हिल्स साढे १० करोड रुपैयाँ भन्दा धेरै घाटामा थियो । कोरोना भाइरस महामारी नियनत्रणका लागि सरकारले गत वर्ष नै लकडाउन गरेको थियो । गत वर्ष लामो समय र यस वर्ष हालसम्म पनि चन्द्रागिरी केवलकार तथा रिसोर्ट खुला हुन सकेको छैन ।


लामो समय बन्द गर्नु पर्दा चन्द्रागिरीको आम्दानी घटेर नोक्सान भएको हो । वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको ४१ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया