फेरि घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७८ श्रावण २५ गते, सोमबार ११:०९

sun 2 e1612432407252

२५ साउन, २०७८ काठमाडौँ : यो साता नेपाली बजारमा सुनचाँदीको घट्ने क्रम जारी छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा झरेको हो । यस्तै, चाँदीको मूल्य समेत आइतबारको मूल्यमा थप २५ रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २ सय १५ रुपैयाँ कायम भएको छ ।


आइतबार बजारमा चाँदी प्रतितोला एक हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया