• १३ असोज २०८३, मंगलबार
  • ११ः५२ राती

बाघको संख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

प्रकाशित मिति

२०७८ श्रावण १४ गते, बिहीबार ०१:०२

१४ साउन, २०७८ काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन् ।

National Life

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको संख्या १२१ बाट दोब्बर बढाई २५० पुर्याउने लक्ष्य राखेकामा हाल यो संख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वस्त व्यक्त गरेकी हुन् ।


उनले ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको जनाएकी छन् । राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो’, सन्देशमा भनिएको छ, ‘जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।-रासस

प्रतिकृया