• १३ असोज २०८३, मंगलबार
  • ११ः२० राती

भिजेको थियो त्यो आधा जिउ मुस्कानले सुकाइन

प्रकाशित मिति

२०७८ श्रावण १४ गते, बिहीबार १२:५३

१४ साउन, २०७८ काठमाडौँ

National Life

बिमला भुसाल (कविता )

चुहिने थियो त्यो थोत्रो छाता के छेक्नु यो झरी।
ति बूढी आमा सागका मुठा संझिए दिन भरी।।
ति बूढी आमा सागका मुठा संझिए दिन भरी।।।

Classic Tech Mobile
Classic Tech Desktop

शिरबाट झरे पानीका धारा पुछिन एक हातले ।
जस्तो नि सहत पर्छ है भन्दै आइमाइको जातले।।
जस्तो नि सहत पर्छ है भन्दै आइमाइको जातले।।।


भिजेको थियो त्यो आधा जिउ मुस्कानले सुकाइन।
त्यो चोट भित्र लुकेको हाँसो मन मेरो दुखाइन।।
त्यो चोट भित्र लुकेको हाँसो मन मेरो दुखाइन।।


बित्यो रे उनको जिन्दगी आधा सडक घर भइसक्यो।
बोकेर त्यो सागको डोको जिन्दगी गइसक्यो ।।
बोकेर त्यो सागको डोको जिन्दगी गइसक्यो ।।


संझि नै रहे त्यो थोत्रो त्रो छाता सागका ति मुठा ।
त्यो मिठो बोली भिजेको जिउ मुस्कान थे ति झुठा ।।
त्यो मिठो बोली भिजेको जिउ मुस्कान थे ति झुठा ।।।

प्रतिकृया