• १३ असोज २०८३, मंगलबार
  • ९ः०९ राती

सभामुखले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई दिए बधाई

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार ०५:०५

३ साउन, २०७८ काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् ।

National Life

उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनःस्थापित गर्न योगदान पु¥याउने सबैलाई उनले धन्यवादसमेत दिए ।


यस्तै प्रतिनिधिसभा पुनर्स्थापनाको ऐतिहासिक फैसला गरेको भन्दै सभामुख सापकोटाले सर्वोच्च अदालतप्रति आभार प्रकट गरे । ‘संविधानको मर्म र भावना एवं लोकतन्त्रको सार्वभौम मान्यताअनुसार प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सम्मानित सर्वोच्च अदालतप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधिसभाको कार्यकाल र प्रभावकारिताका लागि संविधानमा परम्परागत अभ्यासभन्दा केही विशिष्ट र मौलिक विशेषता समावेश गरिएको उनले स्मरणसमेत गराए ।

प्रतिकृया