भीम रावलको राजीनामाको कुनै अर्थ छैन: बामदेव गौतम
प्रकाशित मिति
२०७८ श्रावण ३ गते, आईतवार ०४:५६
१ साउन,२०७८ काठमाडौँ : काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सांसद भीम रावलले पदबाट दिएको राजीनामाको कुनै अर्थ नरहेको बताएका छन्।
पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी हुने क्रममा गौतमले सांसद रावलले विपक्षीमा भोट हाल्नुपर्ने वा स्वतन्त्र हैसियतमा संसद आउनुपर्नेमा राजीनामा दिनुको कुनै अर्थ नरहेको बताएका हुन्।
नेकपा एमालेका सांसद भीम रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका छन्। उनले संसद परिसरमै आएर राजीनामा पढेर सुनाएका छन्। संसद सचिवालयमा राजीनामा बुझाएर संसद भवन आइपुगेका रावलले परिसरमै आफ्नो राजीनामा पढेर सुनाएका हुन्।
उनले राजीनामा पत्र पढेर सुनाउँदै गर्दा माधव नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डेले उनलाई राजीनामा छाडेर संसद बैठकमा जान आग्रह गरेका थिए।
यद्यपि रावलले केही कडा स्वरमा आफूले राजीनामा फिर्ता नलिने उल्लेख गर्दै राजीनामा पत्र पढेर सुनाएका थिए।प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन्।







प्रतिकृया