• १३ असोज २०८३, मंगलबार
  • १०ः३० राती

देउवाले विश्वासको मत पाउनेमा माओवादी ढुक्क

प्रकाशित मिति

२०७८ श्रावण ३ गते, आईतवार ०३:१०

३ साउन, २०७८ काठमाडौँ : सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

National Life

आज अपरान्ह् ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । त्यसैमा केन्द्रित भएर दलको बैठक बसेको र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिएको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिए ।


उनले प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेमा ढुक्क रहेको पनि बताए। ‘हाम्रो पार्टीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ,’ उनले भने, ‘उहाँले विश्वासको मत पाउनेमा ढुक्क हुन म सञ्चारकर्मीहरुलाई आग्रह गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा एमालेको माधव नेपाल समूहले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरूलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ । नेता यादवले भने, ‘माधवजीहरूलाई पनि सरकारमा आउने हो भने विशेष माया गर्नुपर्ने हुन्छ ।’


माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्निप्रसाद सापकोटाले मत दिन पाउँदैनन् भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै उनीहरूलाई हटाइसकेको छ । अहिले माओवादी ४८ सांसद छन् ।

प्रतिकृया