म्याच हेर्न पास माग्न जाँदा विराट रुष्ट, भारत–पाकिस्तान म्याचमा ६३ प्रतिशत पानी पर्ने सम्भावना
प्रकाशित मिति
२०७६ असार १ गते, आईतवार ११:५९
भारत–पाकिस्तान भिडन्त भनेको विश्व क्रिकेटमा सबैभन्दा धेरै हेरिने खेल हो । यो खेलमात्र होइन । भारत र पाकिस्तानका खेलाडीको प्रतिष्पर्धामात्र पनि होइन । यो खेलले समस्त भारत र पाकिस्तानका समर्थकको प्रतिष्ठासँग जोडिएको छ । दक्षिण एसियाका दुई पावरहाउसहरुको घमासान लडाईँ प्रत्यक्ष हेर्न दर्शकहरुको पनि ठूलै प्रतिष्पर्धा हुने गरेको छ ।
सिमित टिकटका लागि असिमित दर्शकको दाबेदारिता रहन्छ । कतिपयले त निर्धा्रितभन्दा कयौं गुणा बढी रकम तिरेर पनि यी दुई टिमको म्याच हेर्ने गर्दछन् । खेलाडीसँग चिनजान भएका समर्थकले खेलाडीसँग म्याचको पास माग्ने गरेका छन् ।

टिकट जारी भएको केही घण्टामा नै सकिएपछि केहीले भारतीय कप्तान विराट कोहलीको ढोका ढकढकाउन पुगेका छन् । खेलाडीलाई पनि सिमित पास दिइएको हुन्छ । र, असंख्य दर्शकहरुको अनुरोधलाई खेलाडीले ‘नाईँ’ भन्नुको विकल्प हुँदैन ।

केही समर्थकले पास मिलाइदिनका लागि विराट कोहलीलाई अनुरोध गरे । त्यसको जवाफमा कोहलीले भने,‘जव यस्तो प्रतियोगिताको यति विषेश खेलमा जाँदै हुनुहुन्छ भने तयार भएर आउनु पथ्र्यो ।’
कोहलीका साथीहरुले पास माग्दा उनले जवाफ दिए, ‘यो विषयमा मलाई नभन्नु होला । आउन मन लाग्छ भने आफैं ब्यवस्था गरेर आउनुहोस् । नत्र अहिले सबैको घरमा अत्याधुनिक टिभी सेट छ । घरमै बसेर हेर्नुहोला । यदी पास मिलाउन सम्भव छैन । मकहाँ नआउनु नै राम्रो हुन्छ ।’
आज भारत र पाकिसतानबीच विश्वकप क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ । इंग्ल्याण्डको म्यानचेस्टरमा नेपाली समय अनुसार दिउँसो सवा ३ वजे शुरु हुने भारत र पाकिस्तानको खेल ‘हाइ भोल्टेज’ म्याच हो।
विश्वकपमा अहिलेसम्म ६पटक भिड्दा सबैमा भारत विजयी भएको छ । तर एक दिवसीय क्रिकेटमा भने पाकिस्तान नै अगाडि रहेको छ । भारत पाकिस्तानबीचको राजनीतिक तनाव जारी रहेका बेला हुन लागेको यो खेललाई धेरैले चासोका साथ हेरेका छन् ।
आज दिउँसो भारत र पाकिस्तानबीच हुने खेल वर्षाले प्रभाव पार्ने आंकलन गरिएको छ । म्यानचेस्टरकाय वल्ड ट्राफोर्डमा पानी पर्ने सम्भावना ६३ प्रतिशत रहेको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिनभर पटक पटक वर्षा हुने सम्भावना रहेकाले ५० ओभरको खेल कम ओभरमा पनि हुन सक्ने आंकलन पनि गरिएको छ । अहिले जारी विश्वकपमा ४ वटा खेल वर्षाले प्रभावित गरिसकेको छ । ३ वटा खेलमा टस नै भएन भने एउटा खेलमा नतिजा आएन ।




प्रतिकृया