प्रदेश ५ मा मुख्यमन्त्रीद्धारा ३४ अर्बको बजेट प्रस्तुत हुदै
प्रकाशित मिति
२०७६ असार १ गते, आईतवार १०:००
बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६ र ०७७ का लागि ३४ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । आइतबार आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नु हुनेछ । दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक बसेर बजेटलाई स्वीकृति दिइने छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले गए राति नै ३४ अर्ब रुपैयाँ हाराहारीको वजेट तयार गरेर मुख्यमन्त्रीलाई बुझाइसकेको बताइएको छ । त्यसमा मुख्यमन्त्रीले हेरफेर र पुनरावलोकन नगरे ३४ अर्बकै बजेट आउने मन्त्रालयको स्रोतले जनाएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख बजेट विनियोजन भएको छ ।
कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई आउँदो आर्थिक वर्ष्भित्र पूरा गर्ने गरी रकम विनियोजन भएको छ ।






प्रतिकृया