राष्ट्रियसभा बैठक आज, विभिन्न अध्यादेश पेश हुने
प्रकाशित मिति
२०७८ असार १७ गते, बिहीबार ०८:००
फाइल तस्बिर।
काठमाडौं : आजदेखि राष्ट्रियसभाको आठौं अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज दिउँसो ४ बजे आठौं अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची छ ।
संवैधानिक परिषद् र सपथसम्बन्धी अध्यादेशलाई सम्भावित कार्यसूचीमा राखिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) लगायत विभिन्न अध्यादेश पेश हुने जनाइएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले यसअघि नै बैठक सञ्चालनबारे विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग परामर्श गरेका थिए ।







प्रतिकृया