• १४ असोज २०८३, बुधबार
  • १२ः२० राती

संविधानको सबै धारा अनुसार एउटै व्यक्ति प्रधानमन्त्री बन्न मिल्दैन : आचार्य

प्रकाशित मिति

२०७८ असार १३ गते, आईतवार ०१:११

अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिए संविधान सकिन्छ

National Life

फाइल तस्बिर
काठमाडौँ : संविधानविद भीमार्जुन आचार्यले एउटै व्यक्ति संसदको एउटै कार्यकालमा संविधानका सबै धारा अनुसार प्रधानमन्त्री बन्न नसक्ने बताएका छन्। संसद विघटन सम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट बहस गर्दै आचार्यले एउटै व्यक्तिले संविधानका सबै धारा प्रयोग गरेर प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन्।


उनले धारा ७६ को उपधारा १, २ र ३ अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले धारा ७६ को ५ अनुसार पनि दाबी गर्न नमिल्ने जिकिर गरे।

Classic Tech Mobile
Classic Tech Desktop

आचार्यले निवेदक पक्षको आधिकारिक लाइन भन्दा बाहिर गएर इजलासमा मत राखेका छन्। बहस नोटमा निवेदक पक्षले ७६ (४) अनुसार विश्वासको मत नलिइ ‘मार्ग प्रशस्त’ गरेको कुरालाई स्वीकार गरेको छ। तर अधिवक्ता आचार्यले बहसका क्रममा त्यसलाई अस्वीकार गरे।


‘उपधारा ४ को प्रक्रिया पूरा नगरी ५ मा प्रवेश गर्न सक्दैन। प्रधानमन्त्रीको पद खाली नभइ अर्को प्रधानमन्त्री चयनको प्रक्रिया नै थालनी हुन सक्दैन’, आचार्यले बहसका क्रममा भने।


उनले ७६ (५) मा अनुसार सांसदले प्रधानमन्त्री छान्दा दल त्यागको निमय आकर्षित नहुने पनि जिकिर गरे। प्रतिनिसिभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमाथि आइतबार निवेदक पक्षको बहस आइतबार सकिँदैछ। निवेदक पक्षले सकेपछि विपक्षी सरकारी पक्षले आइतबार चिया ब्रेकपछि बहस थाल्नेछन्।

प्रतिकृया