• १३ असोज २०८३, मंगलबार
  • ९ः३० राती

क्युवामाथि अमेरिकाले लगाउँदै आएको नाकाबन्दी फुकुवाको पक्षमा नेपालसहित १८४ देश

प्रकाशित मिति

२०७८ असार १० गते, बिहीबार १०:४३

काठमाडौँ : अमेरिकाले क्युवामाथि लगाउँदै आएको नाकाबन्दी हटाउने सम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित विश्वका १८४ देशले मतदान गरेका छन् । https://news.un.org/en/ संयुक्त राष्ट्रसंघमा सो प्रस्तावमाथि बुधबार मतदान भएको हो । सो प्रस्तावको पक्षमा नेपालसहितका देशले मतदान गरे पनि अमेरिकाले भने विपक्षमा मत दिएको छ ।

National Life

नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिकासँगै इजरायलले पनि मत दिएको छ । कोलम्बिया, युक्रेन र ब्राजिल मतदानमा अनुपस्थित रहे ।सन् १९९२ देखि यो प्रस्ताव पारित हुँदै आएको छ । सन् २०१९ मा भएको मतदानमा १८७ देशले क्युवामाथिको नाकाबन्दी हटाउन माग गरेका थिए ।


अमेरिकाले लामो समयदेखि क्युबामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । विश्वका अधिकांश देशले नाकाबन्दी फुकुवा गर्नु पर्ने माग गरे पनि अमेरिकाले भने अडान परिवर्तन गरेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि नाकाबन्दी लगाउँदै आएको अमेरिकी दाबी छ । मतदानको क्रममा क्युवाका विदेश मन्त्री ब्रुनो रोड्रिग्वेज पारिला उपस्थित थिए ।

प्रतिकृया