• १० असोज २०८३, शनिबार
  • ६ः२० बेलुका

‘स्मार्ट लकडाउन’को मोडालिटी कुर्दै उपत्यकाका सीडीओ

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार १२:१२

काठमाडौँ : कोभिड–१९ निर्देशक समितिले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । तर, त्यसको मोडालिटी तयार नहुँदा सोमबार राति (असार ७)सम्म जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञालाई कसरी निरन्तरता दिने भन्ने अन्योल देखिएको छ । ‘स्मार्ट लकडाउन’को मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) लाई छ । तर, सिसिएमसीले मोडालिटी तयार गरेर स्थानीय प्रशासनलाई सर्कुलर गरिसकेको छैन ।

National Life

उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु सो मोडालिटी कुरिरहेका छन् । मोडालिटी आएपछि आइतबार साँझ ५ बजे बैठक बसेर निषेधाज्ञा सम्बन्धी निर्णय लिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । ‘स्मार्ट लकडाउनको विषयमा आधिकारीक डकुमेन्ट आइपुगेको छैन्’ प्रजिअ भट्टराईले भने–‘आज बेलुकी ५ बजे बैठक बसेर ७ गतेपछि के गर्ने भन्ने निर्णय लिन्छौं ।’


३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पछिल्लो पटक असार ७ सम्म उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय गरेको गरेका थिए । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ७ पछि थप खुकुलो र व्यवस्थित हुने बताइएको छ । आइतबार साँझको बैठकमा काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी हुनेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया